तस्वीर गुगल

९ पुस । घरेलु मैदानमा बार्सिलोनासँग ३(० ले हारेपनि रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानलाई कुनै पश्चाताप छैन र उनीमा कुनै परिवर्तन आउने छैन ।लुइस स्वरेज, लिओनल मेस्सी र एलेक्स भिडालको गोलसँगै बार्सिलोनाले इएल क्लासिकोमा जितेको छ र ला लिगामा रियलसँग १४ अंकको दुरी बनाएको छ ।

‘म यहाँ निर्णय लिनका लागि हुँ,’ उनले भने, ‘यदि हामीले पहिलो हाफमा गोल गरेको भए अवस्था अर्कै हुने थियो ।’‘म जिम्मेवारी लिन्छु । सबैले सोचेका छन् कि ला लिगा गयो । तर, मलाई त्यस्तो लाग्दैन,’ उनले भनेका छन्जिदानले रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन्, त्यो पनि लगातार दुई पटक उपाधिको कीर्तिमानसहित । गत सिजन उनले ला लिगा पनि जिते ।तर, अहिले रियल मड्रिड अंक तालिकाको चौथो स्थानमा छ र लिग लिडर बार्सिलोनाभन्दा १४ अंकले पछि परेको छ ।

तर, इएल क्लासिको अघि क्लब वर्ल्ड कप जितेको थियो र एक साता अभ्यासको मौका पाएको थियो । ‘यस्तो अवस्थामा हामी हारको हकदार होइनौं,’ जिदानले भनेका छन्, ‘तर, यो फुटबल हो, जहाँ कहिलेकाँही यस्तो हुन्छ ।’

‘हामी त्यति साह्रै खराव स्थानमा पनि छैनौं । फुटबल तुरुन्तै परिर्वतन हुन्छ । यो ग्रिस्मकालमा बार्सिलोना कठिन अवस्थामा थियो, अहिले हामी छौं ।’

पहिलो हाफमा बार्सिलोनामाथि निकै दबावमा राखेको रियलले ५४ औं मिनेटमा गोल खायो । त्यसपछि कार्भाजलले हातले बल रोक्न खोजेपछि रातो कार्ड पाए भने पेनाल्टीमा मेस्सीले गोल गरे । उनकै पासमा भिडालले गोल गर्दै क्लासिको जिते ।

‘उनीहरुको पहिलो गोलका लागि हामीले गल्ती गर्‍यौं र त्यसपछि नै खेल कठिन बन्यो’ प्रशिक्षक जिदानले भने, ‘जतिबेला सब्सिच्युट गर्न खोजिरहेका थिएँ, त्यही बेला दोस्रो गोल भयो र रातो कार्डसँगै सबै कुरा परिवर्तन भयो ।’

बार्सिलोनाका प्रशिक्षक भाल्भर्डे पनि ला लिगाको उपाधि होड सकिएको भन्ने पक्षमा छैनन् । यद्यपि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ९ अंकको दुरी बनाएको छ ।बार्सिलोनाभन्दा पछाडि रहेका चारै टोली, एथ्लेटिको, भ्यालेन्सिया, रियल र सेभिल्ला सबैले हारेका छन् ।

‘सिजनको पहिलो हाफ नै सकिएको छैन । हामी प्रतिस्पर्धीभन्दा अगाडि छौं तर, हामी त्यसमा केन्द्रित छैनौं,’ बार्सिलोनाका प्रशिक्षकले भने, ‘हामी हाम्रो खेल जित्न चाहन्छौं ।’