घरदैलो अभियानमा अध्यक्ष राजकुमार न्यौपाने, अध्यक्षका उम्मेद्वार महेन्द्र राउत सहितको टोली । तस्बिर : खबरब्रेक

हेटौँडा,९ पौष,
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले उद्योगी ब्यवसायीको हितको लागि महेन्द्र राउतको नेतृत्वको विकल्प नरहेको जनाएका छन् ।

आज महेन्द्र राउत प्यानलले गरेको घरदैलो तथा ब्यवसायीहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष न्यौपानेले मकवानपुर उद्योग वाणिज्यमा काम गर्ने समुहलाई जिताउन आग्रह समेत गरेका हुन् ।
दिनरात नभनी उद्योगी ब्यवसायीको हितको लागि लागि पर्ने महेन्द्र राउत प्यानललाई विजयी गराउँदै मकवानपुर उद्योग वाणिज्य संघको गरिमा बढाईदिनको लागि उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार महेन्द्र राउतले आफुहरु गफ गर्ने भन्दा काम गर्नेको समुह भएको बताए। गएको तीन वर्षको कार्यकालमा मकवानपुर उद्योग वाणिज्य संघमा उद्योगी र ब्यवसायीको बिचमा निकै कामहरु भएका, उद्योगी ब्यवसायीहरुको समस्यामा आफुहरु दिनरात लागेको स्मरण गर्न समेत उनले आग्रह गरेका छन् ।
आज महेन्द्र राउत समुहले हेटौँडाको मेनरोड, बुद्ध चौक, पिपलबोट, राप्तीरोड, बसपार्क क्षेत्रमा घरदैलो समेत गरेका थिए ।