

हेटौँडा,९ पौष
मकवानपुर उद्योग वाणिज्य संघको आशन्न निर्वाचनमा उद्योग तर्फबाट महिला सदस्यमा उम्मेद्वारी दिएकी युवा उद्यमी प्रतिमा श्रेष्ठले युवा उद्यमीहरुनै मकवानपुरको भविष्य भएको बताएकी छिन् ।
मकवानपुर कुखुरा ब्यवसायी संघको महासचिव समेत रहेकी श्रेष्ठले खबरब्रेकसँग कुरा गर्दै मकवानपुर उद्योग वाािण्ज्य संघमा युवा महिला उद्योगीहरुको आवश्यक्तालाई महशुस गरेर आफुले उम्मेद्वारी दिएको बताईन् ।
कुखुरा ब्यवसायमा मकवानपुरमा राम्रो चर्चा बटुलेकी श्रष्ठले वाणिज्यमा स्नातक समेत गरेकी छिन् । मकवानपुरमा सबैभन्दा ठुलो लगानी रहेको पोल्ट्री ब्यवसायको नेतृत्व गरिरहेकी उनले युवा अनि महिलालाई मकवानपुर उद्योग वाणिज्य संघमा विजयी गराउनको लागि आग्रह समेत गरेकी छिन् ।
उद्योगको क्षेत्रमा महिला सहभागिता कम रहेको अवस्थामा आफुले उम्मेद्वारी दिएको भन्दै आफु विजयी भएमा महिलाहरु पनि उद्योगमा राम्रो गर्न सक्छन भनेर प्रमाणीत गर्ने समेत दाबी गरिन् ।
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफु पहिलो पटक उम्मेद्वार बनेको भएपनि संघसस्थामा बसेर सफलतापुर्वक आफुले कार्य गरेको अनुभव आफुसँग प्रसस्त भएको भन्दै विजयी भएको अवस्थामा मकवानपुर उद्योग वाणिज्य संघलाई अझ सक्रिय गर्ने काममा आफु लाग्ने उनको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।