हेटौँडा,८ पुस,
काभ्रेको नालाबाट उत्पादनमा आएको नेपाली ब्राण्डको क्यानाभास वाईनको हेटौँडामा आज शुभारम्भ गरिएको छ । आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरि वाईनको लञ्च गरिएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै वाईनका बजार निर्देशक हरि बास्तोलाले यो नयाँ प्रविधिको प्रयोग गरि उत्पादन गरेको गुणस्तरीय वाईन भएको बताए । १० करोड लगानीमा संकटा वाईन एण्ड बेभ्रेज कम्पनीले उत्पादन गरेको वाईन नेपाली बजारमा आएका धेरैथरि वाईन भन्दा उत्कृष्ट भएको उनले दाबी समेत गरे ।

४ सय ९० रुपैँया बजार मुल्य रहेको वाइनको मकवानपुरको आधिकारिक विक्रेता प्रधान स्टोर एण्ड सप्लायर्स रहेको छ । कार्यक्रममा प्रालिका प्रवन्ध निर्देशक सरोजकुमार चापागाँई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाई लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।