हेटौँडा,८ पुस,
सेवाप्रदायक सरकारी निकायका प्रतिनिधी र सेवाग्राही बिच हेटौंडा–१५, रातोमाटेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम स्ट्रोम फाउण्डेशन नेपालसँगको सहकार्यमा सहास नेपाल मकवानपुरले दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण(सिड्स) कार्यक्रम अन्तरगत आयोजना गरेको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामा, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत सुजन कडेँल, जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति नारायणप्रसाद भण्डारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत जगन्नाथ सापकोटा, चुरियामाई स्वास्थ्य चौकीकी अनमी कृतिका आचार्य लगाएतले आफ्नो कार्यालयले प्रदान गर्ने सेवा र सहभागीले सोधेका प्रश्नको उत्तर दिएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १५ का सचिव कृष्णबहादुर क्षेत्री, जनजागृती माध्यमिक बिद्यालयका प्रधानध्यापक दीपकलाल खतिवडा, सहायक प्रधानध्यापक अर्जुन पोखरेल, सहास नेपालले हेटौंडा १५ मा गठन गरेको पारिजात समूह, सक्रिय स्वाबलम्बन समूह र फूलबारी समूहका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, कृषि सेवा, पशु सेवा, समूह गठन र बिद्यालय सरसफाई लगाएतका बिषयमा सेवा प्रदायकलाई प्रश्न गरेका थिए ।

कार्यक्रममा सहास नेपाल मकवानपुरका कार्यक्रम संयोजक कृष्ण रावलले सेवा लिने र दिनेले एकअर्काको कुरा सुन्ने र सुनाउने कार्य महत्वपूर्ण भएकाले मञ्च सृजना गर्न कार्यक्रम गरिएको बताए । उनले जनता बोल्नु नै महत्वपूर्ण पक्ष भएको भन्दै बिकासको राम्रो र नराम्रो दुबै पक्ष उजागर गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अशोकसुजन श्रेष्ठले सहजिकरण गरेका थिए ।