८ पुष,सलमान झण्डै २ दशक पछि नेपाल आउन लागेका छन् । उनी फागुन २५ मार्च ९मा नेपाल आउने भएका हुन् ।‘दबंग द टुर’ ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रमका लापग सलमान तीन दिन सम्म नेपालमा हुने छन् । सलमान मार्च ९ मा बिहान काठमाडौं पुग्ने आयोजकले बताएको छ ।
कार्यक्रममा सहभागी हुन् सलमानसँगै बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन् । कार्यक्रम १० मार्च फागुन २६ गते टुँडिखेलमा हुने छ ।
कार्यक्रम चलाउने जिम्मा बलिउडमा मनिष बहललाई दिइएको आयोजकले जानकारी दिए । मार्च १० मा कार्यक्रमको लागी १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।
उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए । टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ। सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन्।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।