हेटौँडा,८ पुस
कुमाण्ड सरोबर त्रिवेणीधाम विकास समितीको आयोजनामा माघ महिनाभरि मकर मेला आयोजना हुने भएको छ ।
समितीले आज सरोकारवालाहरुसंग छलफल गर्दै समितीका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक कमिटी गठन गरेको छ । मेलालाई व्यवस्थित बनाउन कार्यसमितीका सदस्यहरुको संयोजकत्वमा १३ वटा उपकमिटी समेत निमार्ण गरेको छ ।
प्रचारप्रसार उपसमितीको संयोजकमा तारा लामिछाने, सजावट समितीमा सुरज कुईकेल, बिद्युत÷माईक व्यवस्थापन उपसमितीमा शिवप्रसाद धिमाल, भान्छा तथा भण्डारण व्यवस्थापनमा कृष्ण नेपाल, अतिथी सत्कार व्यवस्थापनमा तिलकप्रसाद दुलाल, पुजा ब्यवस्थापनमा ज्ञानु कुवंर , भजनकिर्ततनमा रामप्रसाद सुवेदी, प्रसाद वितरण व्यवस्थापनमा रुपा लुईटेल, संहिदा र स्वयंसेवक व्यवस्थापनमा कमल सापकोटा, सरसफाईमा हरि गौतम र सामान खरिदमा रामजी दाहाल रहनुभएको छ ।
समितीका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलाल, हेटौडा वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, १२ नम्बर वडाअध्यक्ष ललित घलानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, राजनितिककर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।