पुस ८,नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तीन हप्ताभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले एमाले र माओवादी केन्द्रबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनैपनि विवाद नरहेको जिकिर गरे ।
सचिव ज्ञवालीले अबको दुई दिनभित्र प्रतिनिधिसभाको समानुपनतिकतर्फको मतपरिणाम घोषण हुने र त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।नयाँ सरकार गठनसँगै माओवादी केन्द्रसँगको एकता प्रक्रिया पनि अघि बढ्ने उनको भनाइ थियो ।
ज्ञवालीले ‘सरकार गठनको विषयलाई राष्ट्रियसभाको निर्वाचनसँग जोडेर भ्रम सिर्जना गर्न खोज्नुको औचित्य छैन’–भने ।उनले अब गठन हुने नयाँ सरकारको सम्पूर्ण ध्यान अर्थिक समृद्धिमा केन्द्रित रहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।