हेटौँडा,८ पुस,
आउँदो मंसिर १५ बाट मकवानपुरको हेटौँडामा सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि अध्यक्षको उम्मेद्वारी घोषणा गरेका वर्तमान बरिष्ट उपाध्यक्ष कृष्ण कटुवाल र बर्तमान महासचिव महेन्द्र राउतबिच आज एक कार्यक्रममा चर्काचर्की भएको छ ।
कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले आयोजना गरेको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा दुबै उम्मेद्वाहरु आक्रमक शैलीमा प्रस्तुत भएका हुन् ।
वर्तमान अध्यक्ष समेत रहेका राजकुमार न्यौपानेले मन्तब्य दिएपछि मात्र वोल्ने मौका पाएका दुबै उम्मेद्वारहरुले आफुले जितेमा मकवानपुर उद्योग वाणिज्य संघको हित हुने बताए । न्यौपानेले आफुलाई काम गर्न नदिई आफ्नै संघले निकै समस्यामा पारेको भन्ने अभिब्यक्ति दिएका थिए ।
उनको अभिब्यक्तिप्रति रोष प्रकट गर्दै उम्मेद्वार कटुवालले गल्ती गरेकाहरुलाई सहयोग नगरेको ब्याङ्ग्यात्मक प्रतिक्रिया दिए । उनले अर्का अध्यक्षका प्रत्यासीलाई पनि आफुलाई सहयोग गर्न अपिल गर्दै उद्योग वाणिज्य संघमा भएका केहि आन्तरिक गतिविधिलाई समेत प्रस्तुत गरे । उनले उद्योग वाणिज्य संघका केहि ब्यक्ति कमिसनमा लागेको आरोप समेत लगाए । उद्योग वाणिज्य संघलाई बदनाम गर्न खोजिएको, धेरै अलोकप्रिय काम भएको लगाएतको आरोप उनको थियो ।
उनको पालोपछि बोल्ने मौका पाएका राउतले आफुहरुले गल्ती नगरेको र विभिन्न अनावश्यक आरोप मात्र लगाएको बताए । आफुहरु काम गर्ने मानसिकताको मान्छेहरु भएको भन्दै उनले काम नगर्नेहरुबाट आएका आरोपको कुनै प्रभाव नहुने समेत तर्क गरे । काम गर्ने जिम्मेवारी दिँदा समेत पुरा नगर्नेहरुले आरोप मात्र लाउन नहुने उनले बताए । प्रतिस्पर्धामा उत्रेपछि दुबैको हैसियत एउटै हुनुपर्ने उनको भनाई थियो । आजको कार्यक्रममा उनीहरुको भाषण आरोप प्रत्यारोपमा निकै आक्रमक रहेको थियो ।
दुई अध्यक्षको उम्मेद्वारको प्रस्तुती पछि उपस्थित भएका ब्यवसायीहरुको प्रतिक्रिया भने यो निर्वाचन निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने रहेको थियो । उनीहरुले जस्ले जितेपनि अहिले भाषण गरेजस्तै आक्रमक शैलीमा ब्यवसायीको समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा संघबाट उम्मेद्वार बनेकाहरुको परिचय र अन्य उम्मेद्वारहरुलाई विजयको शुभकामना समेत दिईएको थियो । कार्यक्रममा संघबाट उम्मेद्वार बनेकाहरुको परिचय समेत गराईएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।