हेटौँडा,८ पुस,
आशन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान सचिव उज्वल चौँलागाईले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

एसोसियटबाट सचिव बनेका चौलागाईले एसोसियटबाटनै उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका हुन् । हेटौँडा एफएमका प्रवन्ध निर्देशक समेत रहेका उनी शब्बु ट्रेडिङ कम्पनीका सञ्चालक समेत हुन् ।

उम्मेद्वारी घोषणापछि प्रतिक्रिया दिदै चौँलागाईले आफु निरन्तर ब्यवसायीहरुको हक हितको लागि लागि परेको र आउदो दिनहरुमा अझ लाग्ने बताए । मकवानपुर उद्योग वाणिज्य संघको गरिमा थप बढाउने काममा आफु निरन्तर क्रियाशिल हुने उनको भनाई रहेको छ ।