हेटौँडा,७ पुस
निर्वाचन आयोगले सातवटै प्रदेशमा समानुपातिक प्रतिनिधित्व संख्या निर्धारण गरेको छ । जस अनुसार चासोको रुपमा हेरिएको प्रदेश नंबर ३ मा नेकपा एमालेले १६ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले १४ वटा सिट प्राप्त गरेको छ ।

प्रदेश नंबर ३ मा माओवादी केन्द्रले ८ वटा, विवेकशील सझाले ३ वटा तथा राप्रपाले १ सिट प्राप्त गरेको छ । प्रदेश नंबर ३ मा राप्रपा प्रजातान्त्रीक र नेमकिपाले १,१ सिट प्राप्त गर्न सफल भएको छन् ।