हेटौँडा,७ पुस
शनिबार हुने एल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोना बिचको खेल हेटौँडामा ठुलो पर्दामा हेर्न पाईने भएको छ ।
शनिबार हुने खेलले स्पेनमा ठुलै चाडबाड भित्रिएको छनक मिलेको छ भने मकवानपुरको हेटौँडामा पनि यसको माहोल ह्वात्तै बढेको छ । खेल हेर्न करौडौ फुटबल प्रेमी प्रतिक्षारत भई रहेका बेला हेटौँडामा पनि प्यानहरुले एल क्लासिको भिडन्तलाई हेटौँडाको हेटौँडा फुटसलमा ठुलो पर्दामा देखाउने ब्यवस्था मिलाएका हुन् ।

विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्त शनिबार रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाओमा हुँदैछ । साझ साढे ५ भित्र ७५ रुपैँयाको टिकट लिएर फुटसल कोर्टमा प्रवेश गरिसक्नुपर्ने रियल म्याड्रिड फ्यान क्लब हेटौँडाका निरजसिंह ठकुरीले बताए । हेटौँडामा पहिलो पटक एल क्लासिकोको भिडन्त सामुहीक रुवमा देखाउन लागिएको उनले बताए ।

लिगाको ११ खेल पछि बार्सिलोना २७ अङ्कका साथ शिर्ष स्थानमा छ। ३ अङ्कले पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको म्याड्रिड खेल हारेको खण्डमा ६ अङ्कले पछि पर्ने हुँदा पनि निकै दवाबमा रहेको छ। घरेलु मैदानमा खेल जितेर टेबलको शिर्ष स्थानमा उक्लने दाउमा म्याड्रिड देखिएको छ।