७ पुष,काठमाडौं महानगरपालिकाले रानीपोखरी पुननिर्माणको ठेक्का रद्द गर्ने भएको छ । महानगरपालिकाले बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ ,कम्पनीले रानीपोखरीको पुननिर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो ।कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको बैठकमा सिफरिस गरिसकेको महानगरपालिकाका एक उच्च अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।