

हेटौँडा,७ पुस
जिल्ला युवा समितिको कार्यालय मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले राज्यले युवा उद्यमीलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् । हेटौँडा १९ बसामाडीमा भएको युवा उद्यम कार्यक्रम अन्र्तगत निब्र्याजी ऋण प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका चौँलागाईले युवाहरुको सिप अनुसार उनीहरुलाई उद्यममा लगाउनको लागि राज्यले नीति बनाउनुपर्ने बताए ।
देशमा सिप भएका युवाहरु उद्यम गर्ने वातावरण नहुँदा विदेशीनु परेको तितो यतार्थलाई मध्यनजर गर्दै युवाहरुलाई सिपमुलक तालिक तथा शिक्षा प्रदान गर्दै देशमानै उद्यमको लागि सक्रिय बनाउनु पर्नेमा उनको जोड रहेको थियो ।
कार्यालयबाट छनौँट भएको युवा उद्यम कार्यक्रम अन्र्तगत बसामाडीको भित्रि वासुदेब कुखुरापालक समुहलाई पाँच लाख रुपैँया हस्तान्तरण कार्यक्रममा उनले राज्यले दिएको ऋणको सहि सदुपयोग हुनुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा समुहका अध्यक्ष सानुकान्छा पहेलीलाई प्रमुख अतिथि चौँलागाई तथा परिवर्तन महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष विमला बर्तौलाले संयुक्त रुपमा ऋण हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।