हेटौँडा,७ पुस,
आगामी पुस १५ गतेबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको तयारी स्वरुप महेन्द्र राउत नेतृत्वको प्यानलले हेटौँडामा घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
आज राउत नेतृत्वको प्यानलले हेटौँडाको वडा नंबर ३ बस्तीपुर, वडा नंबर ३ बसामाडी तथा वडा नंबर ११ नवलपुर र थानाभर्याङमा ब्यवसायीसँग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका हुन् । अभियानमा उनका प्यानलका उपाध्यक्ष उम्मेद्वारहरु कृष्ण गुप्ता अग्रवाल, रविन्द्र घिमिरे सहितको उपस्थिती रहेको थियो ।
घरदैलो अभियानबाट आफुलाई थप उर्जा मिलेको भन्दै राउतले आफु विजयी हुनेमा कुनै शंका नरहेको स्पष्ठ पारे । उनले ब्यवसायीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघको समग्र विकासको लागि आफुलाई मतदान गर्न समेत आग्रह गरे ।
उद्योग तर्फको सदस्यमा भण्डारीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारीको विषयमा खबरबे्रकसँग कुरा गर्दै भण्डारीले ब्यवसायीक हितको लागि आफुले उम्मेद्वारीको घोषणा गरेको बताए ।
उनी निरिक्षा निर्माण सेवाका प्रमुख समेत हुन् । ब्यवसायीको संघसस्थामा युवाहरुमो भुमिका महत्वपूर्ण हुने हुँदा आफुलाई मतदान गरि विजयी गराउनको लागि उनले सबै ब्यवसायीलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।