पुस ७, मलेसियाली सरकारले विदेशी कामदारसँग लिदैं आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ ।विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने भनी २०१७ मै गरेको निर्णय २०१८ जनवरीदेखि लागू गर्न लागिएको हो ।

मलेसियाली मन्त्रिपरिषदले गत जनवरीदेखि नै लेभी शुल्क रोजगारदाताले तिर्नुपर्ने निर्णय गरेको थियो । तर, रोजगारदाता सम्बद्ध विभिन्न संघसंस्था एवं सरोकारवालाले उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए ।त्यसपछि गत मार्चमा लेभी शुल्क रोजगारदाताले नै अनिवार्य रुपमा तिर्नुपर्ने निर्णय २०१८ देखिमात्र कडाइसाथ लागू गर्नेगरी रोकिएको थियो । मलेसियाली सरकारले पछिल्लो निर्णयबाट यहाँ वैध रुपमा कार्यरत करिब ४ लाख नेपालीसहित करिब २० लाखभन्दा बढी विदेशी कामदार लाभान्वित हुने भएका छन् ।यसबाट करिब ४ लाख नेपालीको एकमुष्ठ करिब १० अर्ब रुपैयाँ बचत हुनेछ । –कान्तिपुर दैनिकबाट