एजेन्सी

मुम्बई अभिनेत्री करीना कपुर र सैफ अली खानका छोरा तैमुर अली खान एक बर्षको भएका छन् । पहिलो जन्मदिनको अवसरमा उनलाई एक जंगल उपहार मिलेको छ । फरेष्ट १ हजार स्क्वेयर फिटमा फैलिएको छ । यसको नाम तैमुर अली खान पटौदी फरेष्ट राखिएको छ । तैमुरकी आमा करिनाकी डायटीशियन ऋजुता दिवेकरले उक्त जंगल १ सय रुख बिरुवा लगाउने तय गरेकी छन् ।

ऋजुताले यो जानकारी आफ्नो इस्टाग्रामबाट शेयर गरेकी हुन् । उनले अगाडि लेखेकी छन्, ‘एक सानो जंगल तैमुरका लागि, तैमुर सँगसँगै यसमा लगाइको रुख बिरुवा पनि ठुलो हुनेछ ।’

तैमुरलाई गिफ्ट गरिएको जंगलमा ३ जमुना, १ अवला, ४० केरा, २४ सहज, १ कोकम, १ पपीता, ५ सीताफल, २ रामफल, २ नीबु, मिर्ची, हल्दी लगायत धेरै बोटबिरुवा लगाइने छ । गत २० डिसेम्बरमा तैमुरको जन्मदिन पटौदी प्यालेसमा मनाइएको थियो । एजेन्सी

एजेन्सी