हेटौँडा,७ पुस,
राप्रपाका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेससँग गरिएको गठवन्धनले कुनै काम नगरेको बताएका छन् ।
कांग्रेसले गठवन्धनप्रति इमान्दारिता नदेखाएको भन्दै उनले लोकतान्त्रिक गठवन्धनको नाउँमा कांग्रेसले इमान्दारिता प्रस्तुत नगर्दा आफुहरुलाई समस्या परेको बताए । इमेज च्यानलको प्रस्तुती हट सिटमा कुरा गर्दै थापाले कांग्रेससँगको गठवन्धनपछि कांग्रेसको देशभरको अवस्था जान्ने मौका पाएको बताए ।

उनले भने : कांग्रेस माथिदेखी तलसम्म गुटै गुटले समाप्त हुन लागेको पार्टी रैछ, हामीले त्यसपछि मात्र थाहा पाँयौ ।
राप्रपालाई जनताले रिजेक्ट गरेको स्किार गर्दै थापाल आफुहरुको बैचारिक पक्ष, संगठानत्मक पक्ष तथा रणनीतिनै फेल खाएको भन्दै यसमाथी पुर्नविचार गर्नुपर्ने उनको धारणा रहेको थियो । आफुहरु सडकमा रहनुपर्नेमा बारम्बार सरकारमा जानु पनि ठुलो भुल भएको उनले स्किारे ।

पार्टीको एजेण्डामाथीनै अब छलफल गर्नुपर्ने बताउँदै उनले पार्टी एकिकरण पनि हारको मुख्य विषयबवस्तु भित्र परेको उल्लेख गरे । पार्टी एकिकरणपछि सरकारमा सहभागि हुन, निरन्तर सबैको सरकारमा जानुले आफुहरु सत्ताको लागि मात्र राजनीति गर्ने भन्ने जनतामा पर्न गएको उनले बताए ।

अब पाँच वर्षमा पार्टीलाई पुर्नजागरण गर्ने भन्दै थापाले पाँच वर्षसम्म सडकमा रहेर शुसासन, भ्रष्टाचारको बिरुद्धमा संघर्ष गर्ने दाबी समेत गरे ।