
हेटौँडा,६ पुस,
मकवानपुर जिल्लामा पछिल्लो वर्षमा बलात्कारको घटना भयावह बन्दै गएको छ । बलात्कारमा पनि वालीका बलात्कारको घटना धेरै हुन थालेका हुन् ।
आज हेटौँडामा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेक मकवानपुरले गरेको वार्षीक समिक्षा कार्यक्रममा इन्सेक मकवानपुरका प्रतिनिधि प्रताप विष्टले प्रस्तुत गरेको प्रतिवेदनमा बलात्कारको घटना भयावह ढंगले बढेको देखिएको हो ।
मकवानपुरमा प्रत्येक महिना एक भन्दा धेरै महिला तथा वालिका बलात्कारको शिकार हुने गरिएको देखिएको छ । सन २०१७ को जनवरी देखि डिसेम्बरसम्म १६ जना महिला तथा वालिका बलात्कारको शिकार भएका छन् ।
२०७३ साल पुस २ गते कैलाश गाउँपालिकाका ६६ वर्षीय बृद्धले एक बालिकालाई बलात्कार गरेका थिए, उनी हाल थुनामा रहेका छन् । सोहि वर्षको माघ महिनामा बालिका बलात्कारको अभियोगमा प्रहरीले मनहरी गाउँपालिका वडा नंबर १ का जीतबहादुर कुँबरलाई पक्राउ गरेको थियो ।
माघ महिनामानै बकैया गाउँपालिका वडा नंबर १२ ठिंगनका २८ वर्षिया ठुलोबाबु डिमडुमलाई पक्राउ गरेको छ । माघ २३ गते नै हेटौाडा १२ का ५४ वर्षका सानुकान्छा दाहाललाई प्रहरीले पक्राउ गरेको थियो ।
२०७३ साल चैत्र १ गते बारा जिल्लाका अब्दुल रसईले हेटौँडा १० मा १५ वर्षकी वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । बलात्कारको घटना २०७४ को बैशाखमा पनि भयो । बैशाख ७ गते २५ वर्षका विकास लामाले १५ वर्षकी वालिकालाई बलात्कार गरेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
जेठ १४ गते १४ वर्षकी बालिका बलात्कार गरेको आरोपमा बकैया गाउँपालिका वडा नंबर ७ का लालबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको थियो । पाँच वर्षकी बालीका बलात्कार गरेको आरोपमा हेटौँडा ८ का ५१ वर्षीय राजेन्द्र देउलालाई प्रहरीे गत जेठमा पक्राउ गरेको थियो ।
त्यसैगरी १० वर्षकी बालीका बलात्कार गरेको आरोपमा हेटौँडा ३ का २२ वर्षीय पुजन बललाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी गत भदौ महिनामा पनि बलात्कारको अभियोगमा मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षकी वालिकालाई बलात्कार गरेको आरोपका हेटौँडा ९ का श्रीराम कार्की तथा १४ वर्षकी वालीका बलात्कार गरेको आरोपमा थाहा नगरपालिका ११ का आकाश बललाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी गत कार्तिकमा १० वर्षकी वालिकालाई बलात्कार गरेको आरोपमा मनहरी ६ का ३२ वर्षीय विष्णु कार्कि पक्राउ परेका छन् ।
वालिका बाहेक मकवानपुरमा सुस्त मनस्थितीका महिला तथा १८ वर्ष माथिका महिलाहरु पनि बलात्कारको शिकार भएका छन् । इस्नेकले जारी गरेको प्रतिवेदनमा मकवानपुरमा सामुहिक बलात्कारको सिकार पनि महिला भएका छन भने होटलमा जवरजस्ती यौन धन्दा गर्न लगाउनेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।