हेटौँडा, ६ पुस । मेडिकल ल्याब एशोसिएसन अफ नेपाल मेलान मकवानपुरको चौथो अधिवेसनले पुन उत्सव चौलागाईकौ अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ ।
आज हेटौंडामा सम्पन्न अधिवेसनले अध्यक्ष उत्सव चौलागाइको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
समितिको उपाध्यक्षमा राजकुमार ईटनी, सचिव सन्दिप निर्मल , सहसचिव सुवास श्रेष्ठ ,कोषाध्यक्ष मधु अर्याल सहित १५ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।
मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा
कार्यक्रममा बोल्दै मेलानका केन्द्रीय महासचिव राजेन्द खड्काले मकवानपुरको स्वास्थ्य अमेलान मकवानपुर स्वास्थ्यको क्षेत्रमा लागिपरेको बताए । स्वास्थ्य सस्थाहरुमा मेलानको क्रियाहिलता नमुना रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा ,औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहाल ,लगाएत अन्य मकवानपुरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।