पश्चिम मनहरीमा भएको कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै गोविन्द रिजाल । तस्बिर :खबरब्रेक

मनहरी,६ पुस,
आउँदो पुस १५ गतेबाट हेटौँडामा सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिएका महेन्द्र राउतले ब्यवसायीको हितको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

पश्चिम मकवानपुरको मनहरीमा आयोजना भएको एक कार्यक्रममा बोल्दै राउतले आफुलाई अध्याधिक मतले विजयी बनाईदिनको लागि आग्रह गरे । उनले भने ः म यो सस्थामा अध्यक्ष हुनको लागि मात्र उम्मेद्वारी दिएको हैन, म २४ अ‍ै घण्टा ब्यवसायीको हितको लागि लाग्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।

कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले राउतको उम्मेद्वारीले मकवानपुर उद्योग वाणिज्य संघलाई निकै फाईदा हुने बताए । राउतको काम गर्ने शैलि ब्यवसायीको लागि निकै सहयोगी रहेको भन्दै राउत नेतृत्वको प्यानललाईनै विजयी बनाउनको लागि उनले आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका पश्चिम क्षेत्र सभापति गोविन्द रिजालले राउतको उम्मेद्वारीलाई आफुहरुले स्वागत गरेको धारणा ब्यक्त गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कृष्ण अग्रवाल लगाएतको उद्योगी तथा ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।