तस्वीर गुगल

पुस ६ । फिलिपिन्समा २५१ जना यात्री चढेको पानीजहाज दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु १०० जनाभन्दा बढी हराइरहेका छन् ।

फिलिपिन्सको पूर्वी तटमा गइरहेको पानीजहाज बिहीबार दुर्घटनामा परेको हो । हराएकाको खोजी तीव्र पारिएको छ । हराइरहेकाको खोजी गर्न हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।
मौसमको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।मौसमकै खराबीका कारण फिलिपिन्समा वर्षेनि पानीजहाज दुर्घटना हुने गरेका छन् । एजेन्सी