६ पुस ,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याबाहेक अरु कुनै पनि अवस्थामा लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लोडसेडिङ हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो ।

हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टा लोडसेडिङ हुँदै आएको तर अन्य ग्राहकलाई घोषित वा अघोषित रुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको घिसिङले बताए ।प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।