file photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन कुराकानी गरेका छन्।

भारतीय विदेश मन्त्रालायका प्रवक्ता रविसकुमारले प्रधानमन्त्री मोदीले नेपालका नेताहरूसँग कुराकानी भएको जानकारी दिएका हुन्।भारतीय विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङका क्रममा उनले मोदीले टेलिफान संवाद गरेको खुलाए। ‘के विषयमा कुराकानी भयो भन्ने जानकरी छैन। कुराकानी भएको जानकारी मात्र प्राप्त भएको छ’, उनले भने।