तस्वीर गुगल

एजेन्सी मानिसहरुका आ–आफ्नै चालन चलन र रीतिरिवाज तथा संस्कृति एवम् परम्परा हुने गरेको छ । यस्तै दक्षिण अमेरिकी मुलुक ब्राजिल र भेनेजुएलाको जंगलमा बस्ने आदिवासीहरुको चलन भने फरक र आश्चर्यलाग्दो छ ।जंगलमा बस्ने यानोमानी आदिवासी सो समुदायमा मृत आफन्तको शरीर जलाइसकेपछि खरानीको सुप बनाएर पिउनु पर्ने बाध्यकारी परम्परा रहेको छ । उनीहरुकाअनुसार आफन्तको मृत आत्मा आफैंसँग रहोस् भन्नका लागि खरानीको सुप बनाएर खाने गरिन्छ ।

 

मृत आफन्तको शरीरलाई जंगलमा पात पतिगंरले छोपेको ३० वा ४५ दिनपछि उक्त मृत शरीरबाट निकालिएको हड्डी जलाएपछि जुन खरानी निस्कन्छ, त्यसलाई केरा मिसाएर सुप बनाएर पिउने चलन रहेको छ ।नाङ्गै घुमफिर गर्ने, खुला आकासमुनी रात बिताउने यो समुदायका मानिसहरु २ सयदेखि २ सय ५० गाँउमा फैलिएको बताइन्छ ।