

६ पुष,एजेन्सी युरोप / बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले एक जना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिएका हुन् । ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले दिएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्काे एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ ।
उनलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो । उनलाई सो अनुसन्धानले दोषी ठहर गर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो । सोही कारणले उनले राजिनामा दिएको समाचारमा उल्लेख गरिएको छ । उनको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गरेको बताइएको छ ।
उनले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो । सन् २००८ मा भएको भनिएको यस घटनामा उनीमाथि अनुसन्धान भएको थियो ।
उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ । तर उहाँले भने ती सामाग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ । ती सामाग्रहरुका अतिरिक्त उनले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो । त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको थियो ।
उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुन् । उनीहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा सँगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ । यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहेकी छिन । यसैबीचमा उनको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ ।
तर यस विषयमा उनको भनाइ भने केही आएको छैन । उता उपप्रधानमन्त्री डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको बताएका छन् । त्यस विषयमा आपूm दोषी नरहेको उहाँको दाबी छ । तर उनको यो राजिनामाले बेलायतको सरकारको वर्तमान स्थिरतामा भने कुनै चुनौती नदेखिएको अधिकारीहरुको भनाई छ ।
प्रधानमन्त्री मे पोल्याण्ड भ्रमणमा जाने
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार बृटिश प्रधानमन्त्री टिरिजा मे बिहीबार पोल्याण्डको भ्रमणमा जान लागेकी छिन । उनी बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै छिन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।