हेटौँडा,६ पुस,
काठमाण्डौँको ताचहलबाट एक महिला एक हप्ताबाट वेपत्ता हुँदा आफन्तहरु चिन्तामा रहेका छन् । काठमाण्डौको ताचहलमा डेरा गरेर बस्ने वर्ष २८ की सीता शाही आफ्नो ५ वर्षका छोरालाई छाडेर वेपत्ता भइकी हुन् ।
शाही वेपत्ता भएपछि आफुहरु निकै चिन्तित रहेको भन्दै देख्न हुनेले नजिकको प्रहरी चौकिमा या आफुहरुलाई खबर गरिदिनुहुनको लागि उनका मामा निरज प्रजाले आग्रह गरेका छन् ।
घरमा सानो रहेको छोराको अवस्था आमा हराएपछि विग्रदै गएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । वेपत्ता भएपछि आफुहरुले प्रहरीलाई खबर गरेको भएपनि हालसम्म कुनै जानकारी नआएको शाहीले बताए । नुवाकोट घर भएकी शाहीका श्रीमान २ वर्षबाट रोजगारीको शिलशिलामा नेपाल बाहिर रहेका छन् । उनले आफ्नो सम्पर्क नंबर ९८५१०११८२७ मा खबर गर्नको लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।