६ पुष,एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा ललितपुर प्याट्रिएट्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४२ रनको लक्ष्य भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जितमा नायक बने रोहित कुमार पौडेल । छैटौं विकेटका रुपमा रोहितले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । रन आउट भएका उनले पाँच चौका र १ छक्का प्रहार गरे ।त्यस्तै भारतीय खेलाडी पुनित विष्टले अर्धशतकीय पारी खेले ।
बिष्ट ५० रन जोडेर आउट भए । त्यसबाहेक भैरहवाका आरिफ शेखले अविजित २७ रन जोड्दा कप्तान शरद भेषवाकरले १३ रन जोडे । ललितपुरका योगेश नगरले २ तथा सन्दिप लामिछाने र सुबोध भाटीले समान एक एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । ललितपुरका लागि भारतीय खेलाडी योगेश नगरले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४२ तथा जयकिशन कोल्सावालाले १४ रन बनाएका थिए । भैरहवाका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले समान २ – २ विकेट लिए ।यो जितसँगै भैरहवा लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
भैरहवाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा भैरहवाले काठमाडौँ किङस इलाभेनलाई ७ विकेटले हराएको थियो । समान ४ अंक जोडेको विराटनगर वारिवर्स दोस्रो स्थानमा रहेको छ । यता, लगातार दोस्रो हार बेहोरेको ललितपुर २ अंक जोडेर चौथो स्थानमा छ । ललितपुरले पहिलो खेलमा काठमाडौँलाई पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।