हेटौँडा,५ पुस,
नेपालमा ऐतिहाँसिक रुपमा मंसिर २१ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा विजयी भएकाहरु अहिले मतदातालाई धन्यवाद ज्ञापनको लागि गाउँगाउँ पुगेका छन भने पराजय भएकाहरु समिक्षा गर्दैछन् ।
निर्वाचन आउँछ, एक पक्षको विजय हुन्छ, अर्को पक्षले पराजय बेहोर्छ, यि दुई पक्षकै धेरै चर्चा हुन्छ । तर निर्वाचनमा विजयी बनाउनको लागि योगदान गर्नेहरुको चर्चा खासै हुँदैन् । तर हामीले निर्वाचनमा विजय गराउनको लागि योगदान दिनेहरुको चर्चा निरन्तर चर्चा गर्ने प्रयास गरेका छौ र आजको विशेष सामग्रीमा युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँई परेका छन् ।
सन्तोष चौँलागाई
युवा राजनीतिमा मकवानपुरको सबैभन्दा शक्तिशाली पार्टीका अध्यक्ष हुन सन्तोष । पार्टीको राजनीतिमा सबैभन्दा महत्वपूर्ण उत्सवको रुपमा रहने जनप्रतिनिधि निर्वाचनको युवा परिचालनको महत्वपूर्ण स्थान हुन्छ । जसलाई नेतृत्व गर्नुपर्ने जिम्मेवारी सोहि पार्टीको युवा संगठनको अध्यक्षको हुनु स्वभाविक हो ।
तर संगठनलाई चलायमान राख्नको लागि त्यसको नेतृत्वको महत्वपूर्ण भुमिका रहन्छ । वाम बर्चश्व रहेको मकवानपुरमा पनि यो निर्वाचनले एउटा महत्वपूर्ण जिम्मेवारी दिएको चौलागाईले सो जिम्मेवारी पुरा गरेका छन् । युवा परिचालनलाई गम्भिरतापूर्वक ध्यानमा राखेर जिल्ला भरमानै संयुक्त वाम गठवन्धनकै नेतृत्वदायी भुमिकामा उनलाई देखिएको थियो ।
मकवानपुरको सबै निर्वाचन क्षेत्रमा रहेका वाम युवाहरुको परिचालनमा महत्वपूर्ण भुमिका खेलेका चौलागाईलाई हामीेले साधेका थियौ, युवा परिचालमा कस्ताखाले समस्या थियो भनेर ? चौलागाँईले भने : निर्वाचनहरु अब पहिलेजस्तो सैद्धान्तिक मात्र रहने, युवाहरुलाई भ्रम छरेर विभिन्न प्रलोवनमा पार्ने काम प्रसस्तै हुदारैछन, तर हामीले समृद्धिको नारालाई पहिलो प्राथमिकतामा पारेर युवा परिचालनमा विशेष ध्यान दिएका थियौ, देश नै समृद्ध भयो भने कोहि युवाहरु पनि बेरोजगार नहुने, उनीहरुको सिपको आधारमा ब्यवसाय तथा रोजगारका प्रसस्त अवसरहरु प्राप्त हुने कुरालाई हामीले राम्रोसँग युवाहरुको मातहतमा पुर्याउन सफल भएको कारणनै हामी सफल भयौ ।
अर्को कुरा हामीले युवाहरुलाई कहिल्यै पनि आंशिक सपनाहरु दिएनौ, हामीले हाम्रा भविष्यलाई उज्वल बनाउने खालका क्रियाकलापका मात्र प्रेरणा प्रदान गर्यौ जसको कारण युवाहरुमा हामीप्रति विश्वास जागेको हो । केहि राजनीतिक दलहरुले युवाहरुलाई केहि लिटर पेट्रोल, केहि हजार रुपैया दिएर उनीहरुको भविष्यलाई खरिद गर्दै गरेको कुरा हामीले समयमानै बुझाउन सफल भएकोले पनि हामीलाई सहज भयो ।
युवा र राजनीति
पछिल्लो समयमा नेपालमा राजनीति प्रति युवाको मोह बढनु राम्रो कुरा हो । तर मोह राजनीतिमानै बढेको हो कि, युवाहरुलाई केहि नेताहरुले अवसरको लागि क्षणिक प्रयोगवादी सिद्धान्तको रुपमा मात्र लिएका हुन त्यो सोचनीय विषय हो । युवाहरुमा राजनीतिकको सिद्धान्तको विषयमा ज्ञान नहुँदै उनीहरुलाई प्रयोग गरिन्छ भने त्यस्ता युवाहरुबाट समृद्ध मुलुक निर्माणको सोच राख्न सकिन्न । राजनीति समृद्धिको लागि हो भन्ने चेतनाको विकास गर्नु अवको युवा राजनीतिको प्रमुख दायित्व पनि हो । उनी भन्छन् राजनीतिलाई ठगिखाने, मागीखाने भाँडाको रुपमा युवाहरुले अब सोचन छाडनु पर्दछ, देश निर्माणमा सकारात्मक सोच भएका युवाहरुको अधिकतम परिचालन गर्नुपर्दछ तव मात्र राजनीतिले सफलता चाख्न पाउछ ।
देशमा अव राजनीतिक आन्दोलनको युग लगभग समाप्त भएको अवस्थामा अव युवाहरुलाई उनीहरुको सिप र कौशलताको आधारमा अवसरहरु सृजना गर्न राजनीति सफल हुनुपर्दछ । तब मात्र राजनीतिप्रति युवाहरुको सोच सकारात्मक हुँदै जाने हो ।
यो पटकको निर्वाचनमा मकवानपुरमा मात्र नभएर देशभरमानै युवाहरुको विषेश सक्रियता रहेको आफुले देखेको भन्दै अब बन्ने स्थिर सरकारले युवाहरुको समस्यालाई समधान गर्दै मुलुक निर्माणको लागि आवश्यक स्थानमा उनीहरुको क्षमताको आधारमा परिचालन गरेमात्र देशले साँचो अर्थमा समृद्धि हाँसिल गर्ने चौलागाँईको धारणा रहेको छ ।
(चौलागाईसँग गरेको कुराकानीमा आधारित )
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।