वीरगन्ज, पुस ५ । पर्साको वीरगन्ज महानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन् ।आगलागीमा परी दुईजना अग्नी नियन्त्रकको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।
ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगोलागी भएको स्थान आसपासका बस्तीहरु खाली गराइएको छ ।आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।
आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।आगलागीको समयमा उद्योगभित्र कतिजना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन ।
आगोलागी नियन्त्रणका लागि भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन ९आइओसी०को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु झिकाइएको छ ।यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।