५ पुष,हरेक वर्ष नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षदेखि नहुने भएको छ। जिल्लामा ३५औं संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नखेलाउने आयोजक टाइगर टप्सले जनाएको हो।
हरेक वर्ष यही याममा गरिँदै आएको सो खेल हेर्न बाह्य पर्यटक नवलपरासी आउने गरेका थिए। हात्तीमाथि राखेर घुमाउन बन्द गरिएकाले सो प्रतियोगिता बन्द गर्नुपरेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले बताए। ‘जनावरलाई दुःख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका हौं’, उनले भने। रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।