हेटौँडा,५ पुस,
आउँदो पुस १५ गतेबाट हेटौँडामा सुरु हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशन तथा निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिएका महेन्द्र राउतले ब्यवसायीहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् ।

आज दिउँस हेटौँडाका ब्यवसायीहरुसँग भेटघाट गरेका राउतले पश्चिम मकवानपुरमा रहेका ब्यवसायीहरुसँग समेत छलफल गरेका छन् । उद्योगी तथा ब्यवसायीको हितको लागि आफुलाई विजयी गराउनको लागि आग्रह गर्दै उनले मकवानपुर उद्योग वाणिज्य संघलाई थप प्रगतिपथमा लैजाने आफ्नो योजना रहेको बताए ।

भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष राजकुमार न्यौपाने सहितका उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।