पुस ५,आधुनिक नेपाली सुगम गायन धारका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ सार्वजनिक भएको छ । यो नयाँ गीत गायक खरेलको आफ्नै अफिसियल युट्युब च्यानल ‘सिङ्गर प्रमोद खरेल’ रिलिज भएको हो ।
यस गीतका कम्पोजर शंकर थापा(स्माइल) हुन् भने गीतको रचना डिपी खनालले गरेका हुन् । दीक्षा क्रियसनको प्रस्तुति रहेको यो गीतमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको जीवन्त एवम् आकर्षक अभिनय रहेको छ । अभिनयका साथै नेपाली ठिटोजले यस गीत–अभिनयमा कोरियोग्राफी पनि गरेको छ भने यसलाई सुनील क्षेत्रीले निर्देशन गरेका छन् ।
काठमाडौंको सुन्धारा र सातदोबाटोस्थित एन्फा कमप्लेक्समा छायांकन गरिएको यस गीतमा डान्स गर्दै दर्शक स्रोता मज्जाले रमाउन सक्ने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।