हेटौँडा,५ पुस,
आगामी पुस १५ गतेबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा युवा ब्यवसायी नरेन्द्र भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
उद्योग तर्फको सदस्यमा भण्डारीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारीको विषयमा खबरबे्रकसँग कुरा गर्दै भण्डारीले ब्यवसायीक हितको लागि आफुले उम्मेद्वारीको घोषणा गरेको बताए ।

उनी निरिक्षा निर्माण सेवाका प्रमुख समेत हुन् । ब्यवसायीको संघसस्थामा युवाहरुमो भुमिका महत्वपूर्ण हुने हुँदा आफुलाई मतदान गरि विजयी गराउनको लागि उनले सबै ब्यवसायीलाई आग्रह समेत गरेका छन् ।