५ पुष एजेन्सी,मुम्बई पूर्व अश्लिल स्टार तथा बलिउडमा संघर्षरत अभिनेत्री सन्नी लियोनीको भारतमा चर्को विरोध भएको छ । उनी समेत सहभागि हुने गरी आयोजना हुन लागेको एक कार्यक्रमको कारणले उनको विरोध हुन थालेको हो ।
सन्नीले नयाँ वर्ष २०१८ को सुरुवातका लागि एक हंगामेदार पार्टी बेंगलुरमा राखेकी थिइन् । ‘बेंगलुर एन वाइ इ २०१८’ नामाकरण गरिएको पार्टीमा सन्नी आफै पनि प्रस्तुति दिने भएकी थिइन् ।
तर उनको त्यहाँ विरोध भएको हो । विरोधका कारण त्यहाँका राज्य सरकारले उनको कार्यक्रममा समेत रोक लगाएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।