पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषँण गर्दै । तस्बिर : खबरब्रेक

४ पुस, हेटौँडा । पुस १५ गतेबाट हेटौँडामा सुरु हुने मकवानपुर उधोग बाणिज्य संघको ५१ औं बार्षिक साधारण सभा तथा निर्वाचनमा मोबाईल एसोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यले उद्योग दर्फको सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आचार्यले सदस्यमा उम्मेद्वारीको घोषणा गरेका हुन् ।

गत उद्योग वाणिज्य संघको निर्वाचनमा बस्तुगतबाट सदस्यमा निर्वाचित भएका आचार्यले यो पटक उद्योग तर्फ उम्मेद्वारी दिएका हुन् । आफुले पहिलो कार्यकालमा जिम्मेवारी प्राप्त भएका सबै कुरा पुरा गरेको, घरबहाहल सम्वन्धी कतिपय विषयलाई मिलाएको कारण पनि यो पटक पनि आफुलाई ब्यवसायीहरुले मतदान गर्ने बताए ।

मोबाईल एसोसिएसन नेपाल मकवानपुरका अध्यक्ष अकुर गौतमको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष गितानाथ ढुंगाना, सल्लाहकार मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, मोवाईल व्यवसायी लगायतको सहभागिता रहेको थियो ।