काठमाडौं, ४ पुस– राष्ट्रिय पार्टी समेत नहुने जनादेश प्राप्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हारको कारण खोज्न प्रतिनिधि खटाउने भएको छ ।

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हारको कारण खोज्न पाँचवटै विकास क्षेत्रमा केन्द्रीय टोली खटाउने भएको छ । केन्द्रीय पदाधिकारीले नेतृत्व गर्ने ६ टोली यही साताभित्र कार्यक्षेत्रमा खटिइसक्ने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

टोलीलाई पार्टी हार्नुका कारण र अब सुधारका लागि के गर्नुपर्छ भन्ने तथ्य खोजेर ल्याउने म्यान्डेट कार्यसम्पादन समितिको बैठकले दिएको तामाङले बताए, नयाँ पत्रिकामा खबर छ ।