वकैया,४ पुस,
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले एमाले माओवादीको गठवन्धन नटुटने बताएका छन् । विजयी भएपछि मतदातालाई धन्यवाद दिनको लागि पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ र २ धिँयालमा पुगको दाहालले यस्तो बताएका हुन् ।
धियालमा भएको कार्यक्रममा बोल्दै सांसद दाहालले मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताए । वाम शक्तिलाई नेपाली जनताले विश्वास गरेको प्रमाण निर्वाचनमा पाएको अपार सफलता रहेको भन्दै उनले देशमा अव देख्नेगरि विकास हुने र त्यो नमुना हुने दाबी गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा क्षेत्र (क) का विजयी उम्मेद्वार प्रेमबहादुर पुलामीले अवको पाँच वर्ष नेपाल विकास वर्षमा परिणत हुने दाबी गरे । जनताले वाम शक्तिलाई स्थाीय सरकारको लागि जनमत प्रदान गरेको भन्दै अव पाँच बर्षमा नेपालले उल्लेख्य विकास गर्ने दाबी गरे । गणतन्त्रको लागि हिजो रगत बगाएको र समृद्धिको लागि अब पसिना बगाउने उनको भनाई रहेको थियो ।
बकैया गाउँपालिका वडा नंबर २ का वडा अध्यक्ष विरमान बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका कार्यलय सदस्य कमानसिंह पाख्रीन, एमाले नेता नारायण तिमल्सिना, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।