४ पुष,वर्ल्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदक र तीन रजत पदक प्राप्त गर्न सफल भएको छ।मार्सल सेल्फ डिफेन्स इन्टरनेसनल एसोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात परेका हुन्। यस्तै सन्जु महर्जनले दुईवटा रजत पदक र ङवाङ केसाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल भएका छन्।

 

 

नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रीय अध्यक्ष डीबी रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपाल शाखा प्रमुख वाङ्जु तामाङसहित सात जनाको टोली बुधबार स्वदेश फर्कंदै छ।

 

खेलाडी टोली गत २७ गते मोरक्कोतर्फ प्रस्थान गरेको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले बिदाइ गरेका थिए।