तस्वीर गुगल

पुस ४ एजेन्सी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलोपटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् । उनले यसअघि भन्दै आएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फस्र्ट’ (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राख्नुभएको देखिन्छ ।

 

राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब बर्षदिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ । साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ ।

 

 

आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ । आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्को विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ । उनले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन् । साथै उक्त रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भनेका छन् ।

 

उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गरिएको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख गरेका छन् । कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसिमको चुनौती नै रहेको पनि बताएका छन् ।

 

राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गरेका छन् । उनले यी चुनौती दिएकाहरुको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ ।

 

उनले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई यस सुरक्षा रणानीतिले सघाउन पुर्याउने धारणा राख्नुभएको पनि सो समाचारमा जनाइएको छ ।