मुम्बईः सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त धेरै रिसाएकी छन्। राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदैछिन्। राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ।
राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए । राखी भन्छिन्, ‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ। यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगितबारे जानकारी हुन्छ। एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु।ु
उनले भनिन्, ‘सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाउन थालियो। के सरकार मसँग डराएको होरु हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी रु के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ
‘भारतमा कन्डमको विज्ञापन रोक लगाउँदा एड्सको खतरा बढ्छ । युवाले कन्डमबिना यौनसम्बन्ध राख्नेछन् । मलाई त यस्तो लाग्न थालेको छ कि सरकार नै एड्स लागोस् भन्ने चाहन्छ । जबसम्म बच्चाले यस्ता विज्ञापन हेर्दैनन् तबसम्म उनीहरू कसरी सुरक्षित यौनसम्बन्ध राख्न सक्छन्।ु
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।