तस्वीर गुगल

४ पुष,एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा लायन्सद्वारा चितवन टाइगरलाई १० विकेटले पराजित गरेको छ ।चितवनले दिएको ११४ रनको लक्ष्यलाई पोखराले बिना कुनै विकेट गुमाई १८औ ओभरमा पुरा गरेको थियो । पोखराका ओपनर ब्याट्सम्यान सुनील धमला र पाकिस्तानी खेलाडी इस्रारुल्लाहले नट आउट रहदै पोखरालाई पहिलो खेलमा जित दिलाएका छन् । पोखराका लागि इस्रारुल्लाह नट आउट ६१ रन बनाए भने सुनिल धमलाले ४६ रन नट आउट बनाएका थिए ।

यस प्रतियोगिताको पहिलो अर्धसतक पोखराका इस्रारुल्लाहले बनाएका छन् । इस्रारुल्लाहले आफ्नो इनिंगमा ६ छक्का र एक चौका हानेका थिए भने सुनिले २ छक्का र ३ चौका हानेका थिए ।यस अघि टस हरेर पहिला ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११३ रन बनाएको थियो ।

चितवनको इनिंगमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रनको पारी खेलेका थिए । दिपेन्द्रले आफ्नो पारीमा ६ चौका र एक छक्का हानेका थिए । त्यस्तै चितवनका लागि अनिल मण्डलले ३२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । दिपेन्द्र र अनिल बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराका लागि पाकिस्तानी बलर इस्रारुल्लाहले ४ विकेट लिएका छन् भने अर्का पाकिस्तानी बलर ताज वलीले ३ विकेट लिएका थिए । पोखराका लागि कप्तान शक्ति गौचन र बिक्रम सोबले एक एक विकेट लिएका थिए ।