सांकेतिक तस्बिर

रुकुम, पुस ४ । बाँफिकोट गाउँपालिकामा एक महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुंगानाले जानकारी दिए ।
मृतक जैसीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस