पुस ४,फिलिपिन्समा शनिबारदेखि सुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मंगलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको संख्या ४१ पुगेको छ ।मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बिलिरन प्रान्तको पहिरो प्रभावित क्षेत्रमा अझै पनि २३ व्यक्ति हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । ‘काइ–ताक’ नामक आँधी र त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीले सोमबार नै जानकारी दिएको थियो ।
बिलिरन, लेएटे पूर्वीसमार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । फिलिपिन्सका केही प्रान्तमा गत शनिबारबाट सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो ।शनिबारबाट सुरु भएको यस आँधीका कारण कैयौँ उडान र डुंगाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । मंगलबार पनि सबै उडान तथा समग्र यातायात सेवा नै प्रभावित भएको बताइएको छ । रासस र सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।