हेटौँडा,३ पुस,
विशेष कारण स्थगन भएको हेटौँडा जेसिजको ककस तथा निर्वाचन कार्याक्रम पुस ४ गते हुने भएको छ । आज जेसिआई सिनेटर तथा निर्वाचन आयुक्त धर्मराज बानीयाले सूचना प्रकाशन गर्दै कार्यक्रम पुस ४ गते हुने जानकारी गराएका हुन् ।

पारिवारिक कारणले आफुले केहि समयको लागि निर्वाचन सारेको भएपनि विभिन्न खाले चर्चा भएको भन्दै आफु जेसिजको विधान अनुसारनै अघि बढेको उनले बताए । विधान अनुसार काम गर्ने कुरामा कुनै प्रकारको शंका नगर्न उनको आग्रह समेत रहेको छ । आफुले सबैलाई जानकारी दिएको भएपनि विभिन्न आरोप लगाईएको उनले बताए ।

कार्यक्रम अनुसार पुस ४ गते विहान ११.३० बाट ककस तथा निर्वाचनका कार्यक्रमहरु सुरु हुने सूचनामा जानकारी दिईएको छ ।