३ पुष,उत्तर अमेरिका । एउटा मानिसको लागि यो सानो पाइलो भए पनि पूरै मानव जातिकै लागि यो ठूलो फड्को साबित हुनेछ, चन्द्रमामा पहिलोपटक पाइला राख्नेवाला एक जना मानवको भनाइ हो यो । २१ जुलाई १९६९ को मितिमा नील आर्मस्ट्रंगले चन्द्रमामा पहिलोपटक मानव पाइलो राखेर इतिहास रचेका थिए । यसपछि पनि पाँचवटा अन्य अमेरिकी अभियान चन्द्रमामा पठाइयो । सन् १९७२ मा चन्द्रमामा पुग्नेवाला युजिन सेरनन अन्तिम अन्तरिक्ष यात्री थिए । उनीपछि अहिलेसम्म कोही पनि मानिस चन्द्रमामा अवतरण गर्नसकेको छैन ।
तर अब करिब आधा शताब्दीपछि अमेरिकाले पुनः चन्द्रमामा मानवसहितको मिसन पठाउने घोषणा नै गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी आदेशमा गत सोमबार हस्ताक्षर गरेका छन् । तर यति लामो समयसम्म किन अमेरिका वा अन्य राष्ट्रले चन्द्रमामा मानिस पठाउन सकेन भन्ने प्रश्न खडा भएको छ ।
जर्ज डब्ल्यु बुसले ट्रम्पले जस्तै मानवसहितको मिसन चन्द्रमामा पठाउने भनी प्रस्ताव पेस पनि गरेका थिए तर त्यसमा १ लाख ४ हजार मिलियन अमेरिकी डलरको अनुमानित बजेट बनाइयो । बजेट असाध्यै महंगो भएकै कारण उक्त मिसनको योजना त्यतिकै तुहिनपुग्यो ।
बजेट नै समस्या
चन्द्रमासम्म मानव पुर्याउनु आर्थिक दृष्टिले एकदमै महंगो कुरा हो । लस एन्जेल्सको क्यालिफोर्निया विश्वविद्यालयमा खगोल विज्ञानका प्राध्यापक माइकल रिचका अनुसार चन्द्रमामा मानवसहितको मिसन पठाउँदा धेरै खर्च लागेको थियो तर यसले वैज्ञानिकलाई भने कम फाइदा भएको थियो । विशेषज्ञहरुका अनुसार यो मिसनमा वैज्ञानिक दिलचस्पीभन्दा पनि राजनीतिक कारण जोडिएको थियो । अन्तरिक्षमा कसले प्रभुत्व कायम गर्ने भन्ने होडबाजीकै उपजका रुपमा उक्त मिसन परिलक्षित थियो ।
सन् २००४ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले ट्रम्पले जस्तै मानवसहितको मिसन चन्द्रमामा पठाउने भनी प्रस्ताव पेस पनि गरेका थिए तर त्यसमा १ लाख ४ हजार मिलियन अमेरिकी डलरको अनुमानित बजेट बनाइयो । बजेट असाध्यै महंगो भएकै कारण उक्त मिसनको योजना त्यतिकै तुहिनपुग्यो । विज्ञेषज्ञहरु यो पटक पनि यस्तै हुने हो कि भनी डराएका छन् । किनभने ट्रम्पले यो आदेशमा हस्ताक्षर गर्नुपहिले सिनेटसँग परामर्श नै गरेका छैनन् ।
चन्द्रमामा जाने रहर
माइकल रिच भन्छन्, यस्तो मिसनमा वैज्ञानिक फाइदा कम हुन्छ । सोही कारण धेरै खर्च गर्न सदनले स्वीकृति दिने अवसर कम र कठिन हुन्छ । यसबाहेक अन्य कारण पनि छन्, जस्तो कि नासाले वर्षौँदेखि दोस्रो महत्वपूर्ण प्रोजेक्टलाई पूरा गर्न लागिरहेको छ । यो वर्षमात्रै नासाले धेरै नयाँ उपग्रह, बृहस्पतिसम्बन्धी खोज, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन निर्माणसहित अन्य आकाशगंगाहरु र ग्रहहरुमाथि शोध तथा अनुसन्धान गरिरहेको छ । यद्यपि नासाले चन्द्रमामा मान्छे पठाउने कुरा भन्न भने छोडेको छैन । अहिले पनि चन्द्रमामा जाने मिसनबारे धेरै वैज्ञानिक कारण रहेको मान्दै आएको छ । मानिसले चन्द्रमामा पुगेर धेरै कुरा जान्नसक्ने दाबी उसले गर्दै आएको छ । त्यसकारण अझै पनि चन्द्रमामा जाने रहर मरेको छैन वैज्ञानिकहरुको ।
- सन् १९६९ देखि १९७२ को बीचमा अमेरिकाले चन्द्रमामा छवटा मिसन पठाएको थियो ।
सबैको चन्द्रमा पुग्ने योजना
सरकारी र निजी तहबाट पनि धेरै कोसिस र पहल भएका छन्, जसमा चन्द्रमामा पुग्ने मात्रै योजनाभन्दा पनि त्यहाँ मानव बस्ती नै बसाल्नेजस्तो महत्वाकांक्षी योजनाहरु पनि पेस गरिएका छन् । यी योजनाहरु कम खर्च लाग्ने प्रविधि र स्पेसक्राफ्ट निर्माणमा आधारित रहेको छ ।
चीनले सन् २०१८ मा र रुसले २०३१ सम्ममा चन्द्रमामा पुग्ने योजना बनाएको छ । यतिमात्रै नभएर कतिपय निजी स्तरबाटै स्पेस बिजनेस मोडल लैजाने पनि भनिँदै आएको छ । जसमा चन्द्रमामा पुगेर उत्खनन गरी त्यहाँका खनिज एवं धातुहरु पृथ्वीमा ओसार्ने सम्मका योजनाहरु रहेका छन् ।
यस्तोमा अमेरिका अन्तरिक्षको यो दौडमा अरुभन्दा पछि रहन चाहँदैन । नासाको योजनाको लागि योपटक बनाइएको बजेट पूर्णबजेटको एक प्रतिशत मात्रै हो । जबकि पछिल्लो अन्तरिक्ष कार्यक्रमका लागि ५ प्रतिशत बजेट छुट्याइएको थियो ।
- बीबीसी हिन्दीबाट अनुदित ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।