हेटौँडा,३ पुस,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टी नभएपछि मकवानपुरे नेता तथा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहको यो पटक प्रतिनिधिसभा सांसद बन्ने अभियानमा धक्का लागेको छ । उनको संसदीय राजनीतिक अभ्यास गर्ने सोचमा बज्रपात भएको छ ।
मकवानपुरको राप्रपा बृत्तमा राप्रपा अध्यक्ष कमल थापापछि सबैभन्दा लोकप्रिय नेताको रुपमा रहेका सिंह यो पटक पार्टीले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्नेगरि समानुपातिक मत प्राप्त गरेको भए निश्चित तथा निर्विकल्प सांसद बन्ने थिए ।
राष्ट्रिय पार्टी बन्दा आउने ३ प्रतिशत मतले राप्रपाले ४ वटासम्म सिट प्राप्त गर्ने, जहाँ एक महिलालाई समायोज गरेपछि ३३ प्रतिशत पुग्ने र बाँकी स्थानमध्ये एक सिट सिंहको भागमा पर्ने तय थियो । तर राप्रपाको नारा यो पटक जनताले इग्नोर गर्दिएपछि त्यसको सिधा असर सिंहको राजनीतिक जीवनलाई समेत परेको छ ।
सिंहले मकवानपुरबाट पटक÷पटक सांसद तथा मेयर बन्ने प्रयास नगरेका भने होइनन्, उनी निर्वाचन लडेको समयमा सधै निकट्तम प्रतिस्पर्धीको रुपमा मात्र रहे । यो पटक राप्रपाले आफ्नो अध्यक्षलाई प्रतक्षमा निर्वाचनमा उम्मेद्वार बनाएपछि सिंह समानुपातिकमा रहेर सांसद बन्ने सबै संभावनालाई बलियो बनाएका थिए ।
थापाले गर्ते प्रत्येक भाषँणमा राप्रपाले यो पटक अप्रत्यासित रुपमा समानुपातिक मत प्राप्त गर्ने र देशको चौथो शक्ति बन्ने दाबी गरेका थिए । तर थापाले भनेको अप्रत्यासित नतिजा त आयो तर सोच भन्दा ठिक विपरीत यो पटक जनताले चौथो पार्टी हैन, राष्ट्रिय पार्टी हुने मत समेत दिएनन् । राप्रपाको राम्रो नतिजा आउने भन्दै राप्रपा बृत्तमा सिंहलाई भविष्यको सांसदको दर्जा समेत दिईएको थियो । राप्रपाका कार्यकर्ताहरु प्रतक्ष्यमा निर्वाचनमा उम्मेद्वार बनेको अध्यक्ष थापा भन्दा सिंहको सांसद बन्ने संभावना बलियो रहेको समेत बताउथे । तर त्यसो भएन यो पटकको परिणामले राप्रपाको सिंगो पार्टीसँगै मकवानपुरे नेता सिंहको राजनीतिक जीवनलाई समेत नराम्ररी प्रभावित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।