पुस ३,एजेन्सी । विश्वका कयौँ मुलुकमा गोरा मानिस मात्रै राम्रा र सुन्दर देखिन्छन् भन्ने मान्यता रहेको छ । तर, सुडानकी एक १९ वर्षीया युवतीले यसलाई खण्डन गरेकी छन् । सुडानकी ति युवती अनोक याईसँग सम्झौता गर्न तीन मोडलिङ पछि लागेका छन् ।

जब इन्स्टाग्राममा उनको दुईवटा तस्विर पोष्ट भएपछि मोडलिङ कम्पनीहरु उनलाई हस्ताक्षर गराउन अग्रसर भएका हुन् । वासिङटनको हार्वड युनिभर्सिटीको होमकमिङ फेस्टिभलमा सहभागी हुन अमेरिका पुगेकी अनोक याईको एक फोटोग्राफरले खिचेका तस्विर समाजिक सञ्जालमा पोष्ट भएपछि भाइरल बनेको थियो ।