पुस ३, बोर्नेमाउथ विरुद्ध गोलको वर्षा गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको चौँथो स्थानमा उक्लिएको छ ।आइतबार राती सम्पन्न खेलमा लिभरपुल ४–० गोल अन्तरले विजयी बनेको हो ।लिभरपुलका लागि फिलिपे काउन्टिन्हो, डेजान लोभरान, मोहमद सलाह र रोबर्टो फर्मिन्होले एक–एक गोल गरे ।

जीतपछि आर्सनल र बर्नलीलाई उछिन्दै लिभरपुल चौँथो स्थानमा पुगेपनि शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा १८ अंकले पछि रहेको छ ।यसअघि आफ्नो घरेलु मैदानमा लिभरपुल एभर्टन र वेस्ट ब्रोमसँग बराबरीमा रोकिएको थियो ।खेलपछि प्रशिक्षक जर्गन क्लपले आफ्नो टोलीले स्थिर प्रदर्शन गर्नमा जोड दिए ।

लिभरपुल पछिल्ला ९ खेलमा अपराजित गरेको छ । सन् २०१६ को नोभेम्बरमा ११ खेलको श्रृंखलामा पूर्णविराम लागेपछि यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।उता, म्यान्चेस्टर युनाइटेडले पनि वेस्ट ब्रोमलाई पराजित गर्दै सिटीसँगको दुरी ११ अंकमा झारेको छ ।

 

खेलपछि युनाइटेडका प्रशिक्षक मारिन्हालेले उपाधिका लागि अन्तिम खेलसम्म संघर्ष गर्ने बताए ।युनाइटेडलाई जित दिलाउन रोमेलु लुकाकु र जेसे लिन्डगार्डले गोल गरे भने खेलको दोस्रो हाफमा गेराथ ब्यारीले वेस्ट ब्रोमका लागि एक मात्र गोल गरे ।

म्यान्चेस्टर युनाइटेडविरुद्ध ब्यारीको यो ३६ खेल थियो । उनीअघि रायन गिग्स (३८ पटक लिभरपुलविरुद्ध) ले एउटै टोलीविरुद्ध यति धेरै खेल खेलेका छन् ।

युनाइटेडले घरेलु मैदान बाहिर खेलिएका पछिल्ला तीन खेल जितेको छ । यसअघि १० खेलमा युनाइटेडले मात्र दुई खेल जित्न सकेको थियो ।उता, वेस्ट ब्रोम भन पछिल्लो १६ खेलमा जीतविहीन (८ मा हार, ८ बराबरी) रहेको छ । प्रिमियर लिगको इतिहासमा यो सबैभन्दा लामो श्रृंखला हो ।एजेन्सी