पुस ३,बार्सिलोना लुइस सुवारेज र पाउलिन्होको दुई–दुई गोलको मघतले बार्सिलोनाले डिपोर्टिभोमाथि ४–० को सहज जीत निकालेको छ ।जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउन सफल भएको छ ।

 

लियोनेल मेस्सी भने उत्कृष्ट खेल प्रर्दशन गरे पनि गोल गर्न भने अभागी साबित भए । उनले दुईवटा गोलको अवसर सृजना गरे पनि उनको तीनवटा प्रहार पोष्टमा लागेको थियो भने उनले पेनाल्टीबाट गोल गर्न चुके ।सुवारेजले मेस्सीको पासमा बार्सिलोनालाई अग्रता दिलाए भने पाउलिन्होले पोष्टमा लागेको मेस्सीको प्रहारलाई गोलमा परिणत गरे ।

सुवारेजले दोस्रो हाफमा बार्सिलोनाको अग्रता फराकिलो बनाए भने जोर्डी आल्बाको प्रहार पोष्टमा लागेपछि पाउलिन्होले अर्को गोल थपे ।

 

चाइनिज क्लब ग्वानझाउ एभरग्रान्डेबाट बार्सिलोना आए यता ब्राजिलियन खेलाडीको यो छैटौँ गोल हो ।

 

चौँथो गोलअघि बार्सिलोनाले पेनाल्टी पाएको थियो जसलाई मेस्सीले गोलमा परिणत गर्न सकेनन् । गोलकिपर रुबेन मार्टिनेजले अर्जेन्टिनी खेलाडीको प्रहारलाई बचाउ गरे ।

 

रियल म्याड्रिडले भने यो हप्ता ला लिगाको खेल खेलेन । रियलले क्लब विश्व कपको उपाधि रक्षा गर्दै बार्सिलोनाले तीन पटक यो उपाधि जितेको किर्तिमान बराबरी गरेको छ ।

 

योसँगै बार्सिलोनाले जिनेदिन जिदानको टोलीविरुद्ध ११ अंकको अग्रता बनाउन सफल भएको छ ।

 

१६ खेलपछि बार्सिलोनाको ४२ अंक रहेको छ । दोस्रो स्थानमा एथ्लेटिको म्याड्रिडको ३६ अंक रहेको छ ।

 

 

अब बार्सा र रियल शनिबार हुने यो ला लिगा सिजनको पहिलो क्लासिकोमा भिड्ने छन् ।एजेन्सी